तिम्रो स्वागतार्थ

पुर्णीमाले चहकिलो उज्यालो छरिरहेछ
औंसीका ताराहरु चम्किरहे छन्
एक थान बशन्तले तिमी आउने बाटोभरी
पालुवा फिजाएको छ,
गाउदै छन् कोइलीले स्वागत गीत
सेताम्मे हिमालहरुले ल्याएका छन् हिउफूल,

तिमी आउने बाटोभरी फिजाएको छु आखाहरु
छरेको छु सपनाहरु
तिमै पाइला पाइलाको कोमलताको लागि,
साचेको छु एक थान आशु, मुस्कानका डिलमा
आउछौ कि भनि...

जुनतारा नझर्दै, हृदयको खामबाट
नडुब्दै सूर्य, मनकै गमलामा
नढल्दै पुर्णीमाको रात, आशाको बलेसीमा
नझर्दै औंसीका तारा, बिहानीको झिसमिसेमा
नओइलाउदै बशन्तका पालुला, जेठको टन्टलापुर धुपमा
नबिलाउदै कोइलीका स्वर, त्यै घनघोर कालो जंगलमा
नपग्ली झर्दै हिउफूल, आफ्नै नियतीमा...


तिम्रो स्वागतार्थ तिम्रो स्वागतार्थ Reviewed by https://www.jayasinghmahara.com.np/ on August 21, 2015 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.