दिनदिनै रंग फेर्छ सहर ...

म हिडेको त्यो बाटो अझै उस्तै छ कि,
म हुर्केको त्यो माटो अझै उस्तै छ कि!


यो खाल्डोमा ढकको तौल घटिराछ,
कोदो तोल्ने त्यो काटो अझै उस्तै छ कि!

दिनदिनै रंग फेर्छ सहर यता,
मैले लाउने त्यो फाटो अझै उस्तै छ कि!

ग्यास, हिटर, पंखा चलाउछन् यता,
दिन चर्याको त्यो पाटो अझै उस्तै छ कि!

अरबको अत्तरको मोजमस्ती देख्छुं आमा,
दुखीरहने त्यो खाटो अझै उस्तै छ कि!
दिनदिनै रंग फेर्छ सहर ... दिनदिनै रंग फेर्छ सहर ... Reviewed by https://www.jayasinghmahara.com.np/ on September 14, 2015 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.