गीतहरु कोही सुनिन्छन् एक कानले र अर्को कानबाट उडाइन्छन्, लगत्तै बिर्सिइन्छन् । कतिपय गीतहरु ज्यानमा जोश भर्छन् र फनफनी नचाउछन् । अनि कतिपय गीतहरु ग्रहुंगो भएको मुटुमा पस्छन् र आँखाबाट बलिन्द्र धारा बनेर बग्छन् अनि केहिछिन पछि हलुंगो मन बनाएर सधै स्मृतिमा बस्छन् ।
गीतहरु संस्कृति बा्ेल्छन् । भाषा र भेषभुषा बोल्छन् या भनौं मस्तसँग गाउँछन् मनमै गढ्नेगरी । जस्तै पिरतीका गीत होउन् , मान्छेलाई इरोटिक हैन कि गम्भिर बनाउछन् । ति गीतहरु हुन्, जसले मान्छेमा चेतना भर्छन् ।
आजभोली बजारमा (अ)गीतहरु कति भारतीय हिन्दी सिनेमाबाट चोरिएका त कति वाहियाद बोलीचालीका शब्दलाई लयमा 'गाए'जस्तो गरेर पनि बजारमा आएका छन् । ति (अ)गीतहरुले मान्छेलाई 'इरोटिक', नभए 'इरिटेट' बनाउँछन् । झन् तिनका उच्च क्वालिटिका भिडियोले त हेर्नै लाज लाग्ने बनाउँछन्, 'पोर्न' फिल्म भन्दा पनि अश्लिलता फिजाइरहेका छन् ।
यो कणार्लीको सेरोफेरोमा गाइएको गीत हो । यसमा भिडियो क्वालीटि कमजोर छ तर मनका आँखाले हेरे अवश्य दिलमै बस्ने खालको छ । यो गीतका प्रत्येक शब्दमा प्रेम छ, भाषा र संस्कृति छ । यो गीतले दर्शक/श्रोतालाई कणार्लीको सेरोफेरोमा लैजान्छ । यस्ता गीतहरु मनमा गुञ्जिन्छन् ।
मलाई औधी मनपर्ने गीत: 'कणार्लीका भेल ... '
https://www.youtube.com/watch?v=d-mUsqi-UPQ

गीतहरु र (अ)गीतहरु...
Reviewed by https://www.jayasinghmahara.com.np/
on
January 07, 2016
Rating:
No comments: