ज्येष्ठ नागरिकलाई सरकारी सास्ति


सोमबार दिउँसो ३ : १५ मा बबरमहलमा निर्वाचन आयोगको कार्यालय पुग्दा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड थियो। आयोगले साउन १ गतेदेखि १५ गतेसम्म पहिले नाम दर्ता गराउन छुटेका मतदातालाई दर्ता गराउने मौका दिएको छ।

मतदाता नाम लेखाउनेमा १८ वर्षदेखि ८२ वर्षसम्मका मतदाता थिए।

कम उमेरकाले सहजै नाम दर्ता गराएका थिए। छरिता हातले फाराम भरिरहेका थिए उनीहरु। तर, वृद्धाहरुलाई भने कहाँ जाने र कसरी फाराम भर्ने भन्ने पीर रहेछ। त्यस्तै १ घण्टादेखि के गर्ने भन्ने मेसो नपाएर बरालीन पुगेकी थिइन् त्रिपुरेश्वरकी विमला मास्के। परराष्ट्र मन्त्रालयको सरकारी जागिरबाट सेवानिवृत भएकी ७४ वर्षीया उनले स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाँदा आफ्नो नाम मतदाता सूचीमा नपाएपछि फेरि लेखाउन आएकी थिइन्।
ज्येष्ठ नागरिकका लागि कुनै व्यवस्था गरिएको थिएन। बलमिच्याँइले फारम भर्ने क्रम जारी थियो। उनी मकहाँ आएर कसरी भर्ने भन्दै आएकी थिइन्। अनि उनको फाराम भरिदिए।

रिपोर्टिङको लागि गएको म फाराम भरिदिँदै थिए। त्यहीँ क्रममा आइपुगिन् २ वृद्ध महिला। जसमध्ये ८२ वर्षीया विन्दुदेवी रायमाझी। उनको फाराम भर्ने मान्छेपनि रहेनछ साथमा। निर्वाचन आयोगले उनीहरुको फाराम भरिदिने व्यवस्था गरेको थिएन। नागरिकता बोकेर आएकी उनले पनि मलाई नै फाराम भरिदिन आग्रह गरिन्। र उनको पनि फाराम भरिदिए।

दुखद्, उनको काम भएन। उनले मोरङको विराटनगरबाट नागरिकता लिएकी रैछिन्। टोलटोलमा पुगेर मतदाता नामावली संकलन गर्नुपर्ने निर्वाचन आयोगले नागरिकता भए नाम लेखाउन मिल्ने भन्ने सुनेकी उनी त्यै बोकेर नाम दर्ता गराउन पुगेकी थिइन्। तर, आयोगले उनीसँग काठमाडौंमा घर भएको प्रमाण मागेछ। उनले भनिन् २०२० सालदेखि यतै बसिरहेकी छु र यसअघिका सबै निर्वाचनमा भोट हालेकी छु भन्दा पनि सरकारी अधिकृतले प्रमाण नै मागेछन्। उनी निराश हुँदै बानेश्वरतिर लागिन्।

सरकारी कार्यालयमा ज्येष्ठ नागरिक, अपाङ्गका लागि विशेष व्यवस्था र सहयोगी कहिले राखिएला कुन्नि!
ज्येष्ठ नागरिकलाई सरकारी सास्ति ज्येष्ठ नागरिकलाई सरकारी सास्ति Reviewed by https://www.jayasinghmahara.com.np/ on July 17, 2017 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.